Rule 10A
धरौटी रकम मुद्दती खातामा जम्मा गरिने
(१) नियम १० बमोजिम राखिएको धरौटी वापतको रकम जिल्ला शिक्षा कार्यालयले तोकिदिएको बैंकमा विद्यालयको नाममा मुद्दती खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम बैंकमा जम्मा गरिएको रकमबाट प्राप्त भएको व्याजको रकम विद्यालयको काममा खर्च गर्न सकिनेछ ।
(३) उपनियम (१) बमोजिमको खाताको सञ्चालन व्यवस्थापन समितिले तोकेको व्यक्ति र जिल्ला शिक्षा अधिकारीले तोकको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।